प्रधानमन्त्रीलाई पत्र लेख्दै मधेशी मोर्चाले भन्यो– वार्तामा बस्दैनौं
काठमाण्डौ, ३० वैशाख । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारको वार्ता प्रस्ताव प्रस्ताव अस्वीकार गरेको छ । सरकारका तर्पmबाट उपप्रधानमन्त्री कमल थापाले वार्ताको आह्वान सहित पठाएको पत्रको जवाफ दिँदै मोर्चाले वातावरण नबनेको भन्दै वार्तामा बस्न अस्वीकार गरेको हो । प्रधानमन्त्रीलाई लेखिएको पत्रमा मोर्चाले वार्ताको ‘ औचित्य नरहेको’ बताएको छ । मोर्चाले ‘सार्थक र निर्णायक वार्ताका लागि सँधै तयार’ रहेको भन्दै सरकारलाई यथाशीघ्र वार्ताको वातावरण बनाउन आग्रह गरेको छ । सरकार आन्दोलनमा भएको दमनबारे न्यायिक छानवीनका लागि तयार नभएको, मृतकलाई शहीद घोषणा नगरेको, घाइतेको उपचार नगरेको र संविधान संशोधन भ्रम सिर्जना गर्न मात्रै गरिएको मोर्चाको आरोप छ । मोर्चाले सरकारलाई बुझाएको ११ बुँदे मागको जवाफ नआएको र अहिले पनि आफ्ना नेता, कार्यकर्तामाथि झुठ्ठा मुद्दा, धरपकड जारी रहेसम्म वार्ताको वातावरण नबन्ने उल्लेख गरेको छ ।