Thaha

Thursday 25 April - 11:15 am NST

तीन नेपालीसहित ६ जनाले आज सगरमाथाको चुचुरो चुमे


काठमाडौं, ३० बैशाख । 
गरेका छन् । बिहान ८ बजेर २८ मिनेट जाँदा छ तिन नेपाली शेर्पा र ३ जना विदेशी गरी ६ जनाले सगरमाथाको सफल आरोहोण गरेका पर्यटन विभागले जनाएको हो । सगरमाथा आरोहण गर्नेमा पासाङरीता शेर्पा, दोर्जे ग्याल्जेन शेर्पा र तेम्बा भोटे तथा म्याक्सिकोका डेभिड गोन्जेल लिएनो, ब्रिटेनका केन्टोन कोल र रोबर्ट रिचार्ड ल्युस रहेका छन् । ब्रिटेनका आरोही कोलले यो सहित १२ औँ पटक सगरमाथा आरोहण गरेका हुन् भने म्याक्सिकोका डेभिडले भने नेपाल र तिब्बतको दुवै मोहडाबाट छोटो समय (एक साता) भित्रै सफल आरोहण गरी ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम दर्ता गराएका छन् ।

यसअघि हिजो नौजना शेर्पा आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । अहिले धेरै आरोही सगरमाथाको अन्तिम क्याम्प नजिक पुगेका छन् । भोलिसम्म थुप्रै आरोही सगरमाथाको चुचुरोमा पुग्नेछन् ।  पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४ सय ३२ आरोही गएका छन् ।