पुन:निमार्णको पन्चवर्षिय मार्गचित्र सार्वजानिक हुदै
काठमाडौं, ३० बैशाख ।
सरकारले भूकम्प पछिको पुननिर्माणका लागि तयार पारेको पञ्चवर्षीय योजना आज सार्वजनिक गर्दैछ । दिउँसो ४ बजे होटल सोल्टीमा हुने कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले योजना सार्वजनिक गर्नुहुनेछ । कार्यक्रममा पुननिर्माणका लागि सहयोग गर्ने अन्तर्राष्ट्रिय दातृ निकायका प्रतिनिधिलाई पनि आमन्त्रण गरिएको छ ।
पुननिर्माणका लागि सरकारले आठ खर्ब भन्दा बढी बजेट खर्च गर्ने गरी मार्गचित्र तयार गरेको राष्ट्रिय पिुननिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो । यसअघि राष्ट्रिय योजना आयोगले तयार पारेको बिपत पछिको आवश्यकता आंकलन प्रतिवेदन पीडीएनए मा छुटेका बिषयसमेत समेटेर पञ्चबर्षीय योजना ल्याउन लागिएको प्रवक्ता थपलियाले बताउनुभयो । प्रतिवेदन अनुसार बैशाख १२ र २९ गतेको भूकम्प र त्यसपछिका पराकम्पले सात खर्ब भन्दा बढीका भौतिक संरचनामा क्षति पुगेको छ ।
उहाँका अनुसार योजनामा कुन निकायले कति समयमा कति रकम खर्चिएर तोकिएको काम पूरा गर्न सक्छन् भन्ने कार्यतालिका समेटिएको छ । पञ्चवर्षीय योजना विना अवरोध पुननिर्माणको काम अघि बढाउन र स्रोत जुटाउन सहयोगी हुने अपेक्षा प्राधिकरणका अधिकारीहरुले गरेका छन् ।