Thaha

Saturday 21 September - 2:30 pm NST

मंसिरमा स्थानीय चुनाव हुने प्रधानमन्त्रीको दावी

 

काठमाडौं, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर भित्रमा स्थानीय चुनाव हुने दाबी गर्नुभएको छ ।
प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा बरिष्ठ प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले मंसिरसम्ममा स्थानीय चुनाव हुने भन्दै तयारी गर्न निर्देशन दिनुभएको हो ।  ‘कातिक मंसिरमा स्थानीय निकायको निर्वाचन हुन्छ ।’ प्रधानमन्त्री ओलीले वरिष्ठ प्रहरी अधिकृतलाई निर्देशन दिँदै भन्नुभयो– त्यसका लागि तयारी गर्न थाल्नुहोस् ।’२०७४ माघ ७ गते भित्रमा आम हुने पनि उहाँले दावी गर्नुभयो । 
सत्ता साझेदार एमाओवादीसँग भएको नौंबुँदे सहमति सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन सहयोगी हुने प्रधानमन्त्रीको विश्वास छ । ९ बुँदे सहमति सरकारले काम गर्ने एग्रिमेन्ट पेपर भएको उहाँको भनाई छ । देश संघीय संरचनामा गएकोले नेपाल प्रहरी पनि त्यसै ढाँचामा परिवर्तन हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।