Thaha

Saturday 21 September - 2:30 pm NST

सरकारले संविधान कार्यान्वयन र पुनर्निर्माणको काम गर्न नसकेको काँग्रेस नेताहरुको आरोप

 

काठमाडौं, १२ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरुले सरकारले संविधान कार्यान्वयन र पुनर्निर्माणको काम गर्न नसकेको आरोप लगाएका छन् । काठमाडौंको जोरपाटीमा काँग्रेस नेता चक्रबहादुर ठकुरीको स्मृति सभालाई सम्बोधन गर्दै नेताहरुले सरकारले संविधानको कार्यान्वयन गर्न नसक्ने प्रमाणित भएको दाबी गर्दै अब कांग्रेसले नेतृत्व गर्ने बताए । काँग्रेस नेता, बालकृष्ण खाँणले सरकारले संविधानको कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माण दुबै गर्न नसकेकाले अबको नेतृत्व काँग्रेसले गर्ने दावी गर्नुभयो । नेता विमलेन्द्र निधिले पनि अहिलेको सरकारले संविधान कार्यान्वयन, पुनःनिर्माण गर्न नसकेको बताउनुभयो । उहाँले नाकाबन्दी खुलेको महिनौँ भइसक्दा पनि बजारमा सामान नपाइने र कालोबजारी सरकारले तोड्न नसकेको टिप्पणी गर्नुभयो । नेता रामहरि खतिवडाले सरकारले संविधानको कार्यान्वयन हुन नसक्ने ठोकुवा गर्नुभयो । नेकपा(एमाले) का नेता रामेश्वर फूयाँलले काँग्रेसले अवज्ञा गरेको १६ बुँदे सहमतिलाई मान्न आग्रह गर्दै केपी शर्मा ओलीकै नेतृत्वमा स्थानीय निकाय, ट्रेड युनियन र स्ववियु निर्वाचन गनुपर्नेमा जोड दिनुभयो ।