Thaha

Saturday 21 September - 2:28 pm NST

विनाशकारी भूकम्पको एक वर्ष पुगेको स्मृतिमा थाहा संचारले कविता वाचन कार्यक्रम गर्दै


काठमाण्डौं, १२ बैशाख ।
विनाशकारी भूकम्पको एक वर्ष पुगेको स्मृतिमा थाहा संचार नेटवर्कले आज काठमाडौंमा कविता वाचन कार्यक्रम गर्ने भएको छ । भूकम्पको एक वर्ष पीडा बिर्सर्दै कर्तव्य सम्झदैं शीर्षकमा कविता वाचन कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रम दिउँसो एक बजे अल ईन वान मार्ट मिनभवन काठमाडौंमा शुरु हुनेछ । गीतकार रत्नशम्सेर थापाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा डाक्टर अभि सुवेदी, यादव खरेल, राजेन्द्र थापा, श्रवण मुकारुङ, चन्द्र घिमिरे, सितल कादम्बिनी लगायत सहभागि हुनेछन ।  कार्यक्रमको रेडियो थाहा संचार नेटवर्कले दिउँसो एक बजेको थाहा अपडेटपछि प्रत्यक्ष प्रशारण गर्नेछ  ।