Thaha

Monday 11 November - 6:17 am NST

आपूर्ती नबढेसम्म तत्काल खाना पकाउने ग्यास सहजै नपाइने


काठमाडौं, ८ वैशाख । आपूर्ती नबढेसम्म तत्काल खाना पकाउने ग्यास सहजै नपाइने भएको छ । भारतीय नाकाबन्दीका कारण झण्डै पाँच महिना अभाव भएकाले अब आयात नबढाइ उपभोक्तालाई सहजै ग्यास उपलब्ध गराउन नसकिने उद्योगीको भनाई छ । अहिले भारतीय आयल निगमले सामान्य अवस्थाको जत्ति नै ग्यास दिइरहे पनि लामो समयको अभावले गर्दा बजारमा अभाव हट्न नसकेको एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताउनुभयो । नेपाल आयल निगमले साविक भन्दा बढी माग गरिरहेपनि भारतले नदिँदा आपूर्ती बढाउन नसकिएको अध्यक्ष घिमिरेको भनाई छ । अहिले बजारमा मासिक झण्डै ४० हजार टन ग्यासको माग भएपनि ३० देखि ३२ हजार टन मात्रै आयात भइरहेको छ । त्यसैले अझै पालो पर्खेर व्यवस्थित रुपमा डिलरहरुबाट ग्यास खरिद गर्न संघले उपभोक्तालाइ आग्रह गरेको छ । ग्यास उद्योगीले चैत २९ देखि बैशाख ७ गतेसम्म काठमाडौं उपत्यकामा क्षेत्रगत रुपमा सवा २ लाख ग्यास सिलिण्डर वितरण गरेको बताएका छन् ।