Thaha

Saturday 21 September - 2:06 pm NST

आगामी तीन वर्ष भित्रमा दुध, मासु र अण्डामा आत्मनिर्भर बन्ने सरकारको योजना


काठमाडौं, वैशाख ८ गते । सरकारले आगामी तीन वर्ष भित्रमा दुध, मासु र अण्डामा आत्मनिर्भर बन्नेगरी योजना बनाएको छ । पशुपंक्षी बिकास मन्त्रालयले दुधमा तीन वर्षभित्रमा, मासुमा दुई वर्षभित्रमा र अण्डामा एक वर्षभित्रमा आत्मनिर्भर हुने योजना बनाएर बजेट माग गरेको छ । पशु उत्पादन निर्देशनालयका वरिष्ठ पशु बिकास अधिकृत डाक्टर लोकनाथ पौडेलका अनुुसार आगामी आर्थिकवर्षदेखि लागुहुनेगरी तीनवटा मिसन र त्यसलाई सघाउनका लागि चारवटा पीलर कार्यक्रम संचालन हुनेछन  । तीनवटै मिसनलाई पुरागर्नका लागि मन्त्रालयले नश्ल सुधार, आहारा, स्वास्थ्य र  बजारलाई पीलरको रुपमा कार्यक्रम संचालन गर्ने तयारी गरिएको पौडेलले बताउनु भयो । पशुपंक्षी बिकास मन्त्रालयका लागि ५ अर्ब ६५ करोडको सिलिङ्ग तोकिएपनि मन्त्रालयले थप ६ अर्ब ११ करोड रुपैयाँको बजेट माग गरेको छ । बजेटका विषयमा पशुपंक्षी बिकास मन्त्रालयले आजै अर्थमन्त्रालयसंग पनि छलफल गर्ने तयारी गरेको छ । नयाँ मन्त्रालय भएकाले तोकिएको सिलिङ्ग न्यून भएको मन्त्रालयले जनाएको छ ।