Thaha

Saturday 21 September - 2:08 pm NST

वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आजदेखि उजुरी लिँदै


काठमाण्डौं, २ बैशाख । 
वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आजदेखि सार्वजनिक रुपमा पीडितहरुबाट उजुरी संकलन थालेको छ । आयोगले जिल्लामा रहेका शान्ति समिति मार्फत पीडितको तर्फबाट उजुरी संकलन थालेको आयोगका प्रवक्ता प्राध्यापक डाक्टर विष्णु पाठकले बताउनु भयो । २०५२ साल फागुन १ गतेदेखि ०६३ साल मंसीर ५ गतेसम्म  शसस्त्रद्वन्द्वको क्रममा व्यक्ति वेपत्ता पारिएको घटनाका बारेमा जेठ मसान्तसम्म उजुरी दिन सकिनेछ । उजुरी आयोगको केन्द्रीय कार्यालय वा शान्ति समितिमा आफू वा आफ्ना प्रतिनिधि मार्फत उजुरी दिन सकिनेछ ।

कसैले मौखिक रुपमा उजुरी दिन चाहेमा आयोग समक्ष उजुरी दिनसक्ने पाठकले बताउनु भयो । शसस्त्र विद्रोहका बेला कम्तिमा ३० दिन वेपत्ता भएकाले समेत निवेदन दिन सक्ने आयोगले जनाएको छ । उजुरीका संकलनका लागि आयोगले चैत २४ गते कर्मचारीहरुलाई तालिम समेत दिइसकेको छ । राष्ट्रिय मानवअधिकार आयोगका अनुसार तत्कालिन शसस्त्र विद्रोहका बेला ८ सय ४६ जना वेपत्ता भएका छन् । आयोगले सत्य निरुपण गरेर दोषीलाई कारबाहीको सिफारिस गर्नेछ ।