Thaha

Saturday 21 September - 4:53 pm NST

अवैध रुपमा भित्रने मोबाईल सेट आजदेखि नचल्ने


काठमाडौं, ०१ वैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध रुपमा भित्रने मोबाईल सेट नचल्ने व्यवस्था लागू गरेको छ । भन्सार छलेर अवैध रुपमा भित्र्याउने मोबाईलको प्रयोगमा रोक लगाउने गरी यस्तो व्यवस्था लागू गरिएको प्राधिकरणले जनाएको छ  । त्यसका लागि प्राधिकरणले आजदेखि लागू हुने गरी राष्ट्रिय उपकरण पहिचान दर्ता सम्बन्धि अन्तरिम निर्देशिका समेत जारी गरेको छ । हरेक मोबाईलको छुट्टाछुट्टै विशेष पहिचान आईएमईआई नम्बर हुने भएकाले ति नम्बर प्राधिकरणको सिस्टममा दर्ता भएपछि मात्रै सन्चालन गर्न पाउने व्यवस्था छ । तर अवैध रुपमा भित्र्याएका मोबाईलका नम्बर दर्ता नहुने भएकाले त्यस्ता मोबाईल सन्चालन हुन नपाउने व्यवस्था गर्न लागिएको प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले जानकारी दिनुभयो । अहिले सन्चालनमा रहेका मोबाईलको हकमा भने यो व्यवस्था लागू हुने छैन । भन्सार महसूल तिरेर ल्याईएका मोबाईल प्राधिकरणको सिस्टममा स्वतः दर्ता हुनेछन् भने विदेशबाट व्यक्तिगत प्रयोजनका लागि ल्याईएका मोबाईलका लागि प्राधिकरणमा दर्ता गर्नैपर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।