Thaha

Saturday 21 September - 4:20 pm NST

एमाले केन्द्रीय कमिटीको बैठक आज सकिदैँ


काठमाडौं, ०१ वैशाख । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज सकिने भएको छ । आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदनमाथि समूहगत छलफलको निश्कर्ष प्रस्तुत गर्न बाँकी दुई समूहले आफ्नो प्रस्तुती राख्नेछन् । टोली नम्बर ९ का शेरबहादुर तामाङ र १० का केदार न्यौपानेले आज बैठकको सुरुमै समूहगत छलफलको निश्कर्ष पेश गर्नुहुनेछ । पार्टी अध्यक्ष ओलीको प्रतिवेदनमा छलफल गर्न विभिन्न १० वटा समूह बनाइएको थियो । दुई वटा समूहको प्रस्तुतीपछि पार्टी अध्यक्ष ओलीले प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिने र प्रतिवेदन परिमार्जनसहित पारित गरिने पार्टी सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । त्यसपछि केन्द्रीय आयोगहरुका प्रतिवेदन र समसामयिक प्रतिवेदन पेश गरी पारित गरेर बैठक आजै सकिने उहाँले बताउनुभयो । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।