Thaha

Saturday 21 September - 4:32 pm NST

डोटीमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु


काठमाडौं, ०१ वैशाख । डोटीमा गएराती जीप दुर्घटना हँुदा ८ जनाको मृत्यु भएको छ । अरु सात जना घाईते भएका छन । डोटीको बाङ्दुङ्ग्रीसैनबाट जिजोडामान्डौँतर्पm गइरहेको ना १ ज ३२९४ नम्बरको जीप गएराति ९ बजे जिजोडामान्डौँ–८ मा दुर्घटना हुँदा आठजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिजोडामान्डौँ–८ घर भएका ६२ वर्षीय प्राध्यापक डाक्टर जयराज पन्त, ५५ वर्षीया गुडी पन्त , ५२ वर्षीया सावित्रा पन्त, ६१ वर्षीय डाक्टर गणेश पन्त, ५९ वर्षीय केशवराज पन्त र ३६ वर्षीया हरिना टमटाको मृत्यु भएको छ । त्यस्तै जीपचालक डोटी वनलेक–१ का ४५ वर्षीय चेतराज बलायर र ठेगाना थाहा हुन नसकेकी १७ वर्षिय जानकी ताम्राकारको पनि उपचारका क्रममा गएराती मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, घटनामा ४५ वर्षीया नवरता पन्त, ३० वर्षीय गौरव पन्त, नौ वर्षीय लक्ष्मी नेपाली, ३८ वर्षीय धनबहादुर टमटा, ३८ वर्षकै कलावती टमटा, २२ वर्षीय अनिता टमटा र धौली टमटा घाइते भएका छन् । घाइतेको डडेलधुरा र कैलालीमा उपचार भैरहेको छ । जिप सडकबाट झन्डै ५०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिनुभयो ।