Thaha

Saturday 21 September - 4:46 pm NST

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने


काठमाण्डौं, ३० चैत । 
प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । सम्बोधन बेलुकी ५ बजे सिंहदरबारबाट हुने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले जानकारी दिनुभयो । भोलीदेखि नयाँ बर्ष २०७३ सुरु हुने भएकाले देशबासीलाई शुभकामना दिन पनि प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको उहाँले बताउनुभयो । सम्बोधनमा सरकारले अहिलेसम्म गरेका कामको उपलब्धी र भावी कार्ययोजना पनि समेटिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सरकारको नेतृत्व गरेको ६ महिना पुग्दा पनि भूकम्पपछिको पुननिर्माण, राहत वितरण, कालोबजारी नियन्त्रणमा सरकार असफल भएको भन्दै आलोचना भइरहँदा प्रधानमन्त्रीको सम्बोधन आउन लागेको हो । ओली गत असोज २४ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो ।