Thaha

Saturday 21 September - 4:43 pm NST

संवैधानिक परिषद्को आज बैठक बस्दै


काठमाण्डौं, २८ चैत । 
प्रधानन्यायधीश नियुक्तीका विषयमा छलफल गर्न आज संवैधानिक परिषद्को बैठक बस्दैछ । केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक बस्ने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । अस्ति बसेको परिषद्को बैठक काँग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा आजसम्मका लागी स्थगित गरिएको थियो ।

संवैधानिक परिषद् बैठकले आज प्रधानन्यायाधीश सिफारिस गर्ने कार्यक्रम तय गरिएको छ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायधीश सुशीला कार्कीलाई प्रधानन्यायधीशमा सिफारिस गर्ने तयारी छ । प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले यही पर्सिदेखि अवकाश पाउने भएकाले नयाँ प्रधानन्यायाधीश सिफारिस हुन लागेको हो । कार्की सिफारिस भएमा नेपालमा पहिलो पटक महिला प्रधानन्यायधीश बन्नु हुनेछ ।