Thaha

Saturday 21 September - 4:43 pm NST

खेलकुद सम्बन्धि तेश्रो अन्तर्राष्ट्रिय दिवस मनाईंदै


काठमाडौं, २४ चैत । संयुक्त राष्ट्रसंघको आव्हानमा आज विकास र शान्तिका लागि खेलकुद सम्बन्धि तेश्रो अन्तर्राष्ट्रिय दिवस मनाईंदैछ । शान्ति र विकासको प्रवद्र्धनका लागि खेलकुद लागत प्रभावकारी र लचिलो उपाय प्रमाणित भईसकेकाले दिगो विकासका लागि सन् २०३० को एजेन्डामा सामाजिक प्रगतिका लागि खेलकुदको भूमिकालाई स्वीकार गरिएको छ । दिवसका अवसरमा सन्देश दिंदै संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले सकारात्मक सामाजिक परिवर्तनका लागि एउटा शक्तिशाली परिचालक भन्दै सबै देशका सरकार, सामाजिक तथा व्यवसायीक संघसंस्था र समाजका हरेक सदस्यलाई दिगोविकासको लक्ष्य हासिल गर्न मद्धत गर्नका लागि खेलकुदको शक्ति र महत्वलाई समर्थन गर्न आव्हान गर्नुभएको छ । दिवसका अवसरमा महासचिव बानका शान्ति र विकासका लागि खेलकुद सम्बन्धि विशेष सल्लाहकार विल्फ्रेड लेम्केको उपस्थितीमा आज विशेष कार्यक्रम हुँदैछ । चेन्ज फर हेल्थ नेपालको आयोजनामा दिउँसो साढे २ बजे स्वयम्भूमा हुने विशेष कार्यक्रममा स्वास्थ्यका लागि खेलकुद अभियान शुरु गरिनेछ ।