Thaha

Saturday 21 September - 4:18 pm NST

काँग्रेस संसदीय दलको नेताका लागि सभापति देउवा र वरिष्ठ नेता पौडेल प्रतिस्पर्धामा


काठमाडौं, २४ चैत । नेपाली काँग्रेसको संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन समितिका सदस्य गुरुराज घिमिरेका अनुसार बिहान ११ देखि २ बजेसम्ममा मतदान हुनेछ । त्यस लगत्तै मतगणना शुरु हुने र गणना सुरु भएको एक घन्टाभित्रमा नजिता सार्वजनिक हुने घिमिरेले बताउनु भयो । यसपटक पनि विद्युतीय मतदानको व्वस्था गरिएको छ ।  यसअघि २०७० साल माघ १२ गते भएको संसदीय दलको नेताको निर्वाचनबाट विद्युतीय मतदान गर्दा विवाद भएको थियो । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिनुभएको छ । कार्र्यसमितिको निर्वाचन भने पर्सि २६ गते गर्ने तयारी भएको निर्वाचन समितिले जनाएको छ । काँग्रेसको संसदीय दलको कार्यसमिति १५ जनाको हुने व्यवस्था छ । अहिले काँग्रेसको संसद् सङ्ख्या २ सय ७ छ । संसदीय दलको नेतामा विजयी हुन १ सय ४ सांसदको समर्थन आवश्यक पर्छ । संस्थापन पक्षले संसदीय दलको नेतामा देउवाले सहजै जित्ने विश्वास गरेको छ भने पौडेल समूहले पनि गोप्य मतदान भएकाले आफ्नो पक्षमा नतिजा आउन सक्ने बिश्लेषण गरेको छ ।