Thaha

Saturday 21 September - 4:45 pm NST

नेपाल बारको निर्वाचनको मतगणना शुरु हुदै


काठमाण्डौं, २३ चैत । 
नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना आजदेखि सुरु हुँदैछ । अहिले केहीबेरमा सर्वाेच्च अदालत परिसरमा मतगणना सुरु गरिने निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशंकर निरौलाले जानकारी दिनुभयो । देशका विभिन्न ३३ निर्वाचन केन्द्रमा भएको निर्वाचनको मतपेटिका काठमाडौं ल्याइसकेकाले गणना सुरु गर्न लागिएको हो ।

निरौलाका अनुसार विभिन्न आठ ठाउँमा मतगणना गरिनेछ । पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । नौ हजार ५ सय २२ कूल मतदाता मध्ये सात हजार ८ सय ४५ मत खसेको थियो । मतगणना सकिन चार पाँच दिन लाग्ने अनुमान निर्वाचन समितिले गरेको छ । बारको नयाँ नेतृत्वका लागि विशेषगरी प्रगतिशील र लोकतान्त्रिक समूहबीच प्रतिस्पर्धा देखिएको छ । प्रगतिशीलको नेतृत्व विजयकान्त मैनाली र लोकतान्त्रिकको नेतृत्व शेरबहादुर केसीले गर्नुभएको छ ।