Thaha

Saturday 21 September - 4:47 pm NST

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज उमेद्बारी दर्ता हुंदै


काठमाण्डौं, २३ चैत । 


नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज उमेद्बारी दर्ता हुंदैछ । उमेद्बारी दर्ताका लागि अहिले बिहान ९ देखि दिउँसो १२ बजेसम्मको समय निर्धारण गरिएको निर्वाचन समितीका संयोजक रमेश रिजालले जानकारी दिनुभयो । उमेद्बारी दर्ता भइसकेपछि साढे १२ बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन गरी दिउँसो १ बजेसम्म नामावली उपर दाबी विरोधको समय दिएर साढे १ बजे दोस्रो नामावली प्रकाशन गरिनेछ । २ बजेसम्म नाम फिर्ता लिने समय दिइने र त्यसछि अन्तिम नामावली प्रकाश गरिने निर्वाचन समितिले जनाएको छ ।

संसदीय दलको नेतामा पनि सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच नै प्रतिष्पर्धा हुने भएको छ । दुबै नेताले तोकिएको समयभित्रै उमेद्बारी दर्ता गर्ने तयारी गरेको दुबै निकटका नेताहरुले बताएका छन् । संसदीय दलको नेता चयनका लागि भोली बिहान ११ देखि दिउँसो २ बजेसम्म दलको कार्यालय सिंहदरबारमा मतदान हुने संयोजक रिजालले बताउनुभयो । संसदीय दलको नेता चयनपछि आगामी शुक्रवार दल कार्यसमितिको निर्वाचन हुने तय भएको छ ।