Thaha

Saturday 21 September - 4:53 pm NST

भुकम्प प्रभावित १० जिल्लामा आजदेखि विज्ञ परिचालन


काठमाण्डौं, २२ चैत । 
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट अति प्रभावित १० जिल्लामा निजी आवासको काम प्रभावकारी बनाउन विज्ञको टोली खटाएको छ । १० जिल्लामा आजदेखि विज्ञहरु परिचलान भएको प्राधिकरणका प्रबक्ता  रामप्रसाद थपलियाले जानकारी दिनुभयो । प्रबक्ता थपलियाका अनुसार रसुवा, नुवाकोट र धादिङमा ध्रुव शर्मा, रामेछाप, ओखलढुङ्गा र सिन्धुलीमा डा चन्द्रबहादुर श्रेष्ठ, गोरखा र मकवानपुरमा डा. हरिराम पराजुली र काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा डा विष्णुप्रसाद भण्डारीलाई आजदेखि खटाइएको छ ।

निजी आवास पुनःनिर्माणको कामलाई थप प्रभावकारी बनाउन, जिल्लाका स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग समन्वय तथा पुननिमार्णको कार्यविधिबारे जानकारी दिने काम विज्ञहरुले गर्ने प्रबक्ता थपलियाले बताउनुभयो । यसअघि प्राधिकरणले हिजो आठ जिल्लाका एक/एक गाविसमा अनुदान पाउने लाभग्राहीको सूची सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका सूची स्थानिय विकास अधिकारीले सदरमुकाममा र गविसहरुमा गाविस सचिवहरुले भुकम्प पिडितलाई जानकारी गराउनेछन् । ति गाविसमा अनुदान सम्झौताको प्रक्रिया भने चैत २८ गतेबाट मात्र सुरु गरिने प्राधिकरणले जनाएको छ ।

सूची सार्वजनिक गरिएका जिल्ला, गाविस र घरधुरी संख्या :
सिन्धुलीको झागाझोलीका १ हजार १ सय ७८ घरधुरी 
काभ्रेपलाञ्चोकेको रवीओपीका ९ सय ७० "
नुवाकोट जिल्लाको खरानीटारका ४ सय ८ "
रामेछाप जिल्लाको ओख्रेनीका ७ सय ५९ "
ओखलढुंगाको रुम्झाटारका ४७    "
रसुवाको ब्रिदिमका १ सय ९३ "
धादिङ जिल्लाको मार्पाकका १ हजार ३ र 
गोर्खा हंसपुरका ९ सय ४४ धरधुरी