Thaha

Saturday 21 September - 4:49 pm NST

आज देशभर ५९ औं राष्ट्रिय सहकारी दिवस मनाइँदै


काठमाण्डौं, २० चैत । 
‘आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’ नाराका साथ आज देशभर ५९ औं राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । देशका विभिन्न जिल्लामा ¥याली, गोष्ठि, अन्तरक्रिया, वृक्षारोपण लगायतका कार्यक्रम भइरहेको राष्ट्रिय सहकारी संघले जनाएको छ । वि.सं.२०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था लिमिटेडको स्थापना भइ नेपालमा सहकारी अभियानको सुरुवात भएको थियो । त्यहि दिनको सम्झनामा चैत २० गतेलाई राष्ट्रिय सहकारी दिवस मनाउन थालिएको हो ।

नेपालमा रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्दै गरीवी न्यूनीकरण र राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ । गएको असार मसान्तसम्म मूलुकभर संचालित विभिन्न प्रकृतिका सहकारी संघसंस्थाको शेयर पूँजी ६३ अर्व रुपैयाँ पुगेको छ भने बचत निक्षेप २ सय २ अर्व र लगानी  १ सय ८८ अर्ब रहेको छ । गएको असार मसान्तसम्मको तथ्याङ्क अनुसार देशभर विभिन्न प्रकृतिका ३२ हजार ६ सय ६३ सहकारी दर्ता भएको सहकारी विभागले जनाएको छ ।