Thaha

Saturday 20 April - 4:01 am NST

समयमा भुक्तानी नपाउँदा किसान समस्यामा


काठमाडौं, १७ चैत । केहीवर्ष यता उखुको मूल्य निरन्तर घटाईएपनि बेलामा भुक्तानी नपाउँदा किसान समस्यामा परेका छन् । पछिल्लो चार वर्षमा उखुको भाउ प्रतिक्विन्टल ३३ रुपैंयाले घटेको छ । तर उखु क्रसिङ्गको सिजनमा किसानले पुरै भुक्तानी कहिल्यै पाउने गरेका छैनन् । यो सिजनमा प्रतिक्विन्टल ४ सय ४८ रुपैंया मूल्य तोकिएपनि उखु क्रसिङ्ग गर्ने काम सकेर चिनी मिलहरु बन्द भईसक्दा समेत भुक्तानी नपाईएको उखु उत्पादक किसान महासंघका केन्द्रिय सदस्य प्रेमचन्द्र गुप्ताले बताउनुभयो । अघिल्ला वर्षहरुकै भुक्तानी बाँकी रहेकाले किसानले उखु खेतीतर्फ कम चासो दिने गरेको उहाँको भनाई छ । हरेक वर्ष उखुको उत्पादनमा लागत बढ्ने तर आफूले पाउनुपर्ने मूल्य भने बेलामा पाउन नसक्दा उखु खेती गर्ने किसानको संख्या घट्दै गईरहेको हो । जसका कारण उत्पादन पनि घट्दै गईरहेको छ । गएको सिजनमा १ करोड ८० लाख क्विन्टल उखु उत्पादन भएको थियो । यो सिजनको पुरै तथ्यांक आईनसकेपनि १ करोड ३० लाख क्विन्टल भन्दा बढी उत्पादन नभएको उखु उत्पादक किसान महासंघको अनुमान छ ।