Thaha

Saturday 21 September - 4:35 pm NST

विवादका कारण एमाले स्थायी समिति बैठकले विभाग गठन गर्न सकेन


काठमाडौं, १७ चैत । विवादका कारण नेकपा एमालेले आज पनि पार्टीका विभाग गठनलाई पूर्णता दिन सकेन । प्रधानमन्त्री निवास बालुवाटरमा विहान बसेको स्थायी समितिको बैठकमा विभाग गठनका बिषयमा छलफल भएपनि कुनै निर्णय हुन नसकेको पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनुभयो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली चितवन जानुपर्ने भएकाले समय अभावका कारण कुनै निर्णय हुन नपाएको उहाँले बताउनुभयो । अध्यक्षको व्यवस्तताले गर्दा विभागबारे बिस्तृतमा छलफल नभएको र अर्काे बैठकमा थप छलफल गर्ने गरी बैठक सकिएको उपाध्यक्ष अष्ठलक्ष्मी शाक्यले बताउनुभयो । महाधिवशेन सम्पन्न भएको दुई बर्ष बित्न लाग्दा पनि विवादका कारण पार्टीका केन्द्रीय विभागले पूर्णता पाउन सकेका छैनन् । विभिन्न ३१ वटा विभाग गठन हुन नसक्दा सयौं नेता कार्यकर्ता काम विहीन भएका छन् । यसअघि हिजो बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीको साटो गुट चलाएको भन्दै माधवकुमार नेपाल पक्षले आरोप लगाएपछि दुवै पक्षबीच चर्काचर्की भएको थियो ।