Thaha

Saturday 21 September - 4:44 pm NST

काठमाण्डौंमा पुननिर्माण सम्बन्धी उच्चस्तरीय अन्तरक्रिया जारी


काठमाण्डौं, १६ चैत । 
राष्ट्रिय पुननिर्माण प्राधिकरणको आयोजनामा आज पुननिर्माण तथा पुनस्र्थापना सम्बन्धी उच्चस्तरीय अन्तरक्रिया कार्यक्रम भइरहेको छ । लैनचौरको एक होटलमा हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको छ । कार्यक्रममा पुनिनिर्माणको कामलाई प्राथकिता र सबै सरकारी निकायबीच बुझाइमा एकरुपता ल्याउने बिषयमा छलफल केन्द्रित हुने पुननिर्माण प्राधिकरणका प्रवक्ता राम थपलियाले जानकारी दिनुभयो । कार्यक्रममा भूकम्पबाट अति प्रभावित १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला प्राविधिक कार्यालयका प्रमुखलगायतको सहभागिता रहनेछ ।

कार्यक्रममा जिल्लाको वास्तविक अवस्था, पुननिर्माण कार्यान्वयनको प्रक्रिया लगायतका बिषयमा छलफल हुने पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । दोलखाका भूकम्प पीडितलाई घर बनाउने अनुदान रकम वितरण गरेको प्राधिकरणले अन्य जिल्लामा पनि छिट्टै बितरण गर्ने योजना बनाइरहेको छ । छलफलपछि जिल्लातहमा कसरी काम गर्ने भन्ने बिषयमा स्पष्ट खाका तयार हुने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।