Thaha

Saturday 21 September - 6:16 pm NST

ट्राफिक नियम उल्लघन गर्ने एक हजार भन्दा बढी कारबाहिमा


काठमाडौं १४ चैत । काठमाडौं उपत्यकामा ट्राफिक नियम बिपरित सवारी चलाउने १ हजार ५ सय ८७ जना कारवाहीमा परेका छन् । पछिल्लो २४ घण्टामा भएको कारवाहीमा पर्नेमा जथाभावी यात्रु चढाउने ओराल्ने बसका चालक ३ सय २० जना रहेका छन् । त्यसैगरी मादक पदार्थ सेवन गर्ने ८७, जथाभावी पार्किङ गर्ने ६५, अवस्था ठिक नभएको सवारी चलाउने ५४, जेब्रा क्रसिङमा सवारी रोक्ने ३३, लेन अनुशासन पालना नगर्ने ६ जना चालक पनि कारवाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसैबीच बितेको २४ घण्टामा ६ हजार ८ सय ७४ गाडिमा ६३ हजार ७ सय ९१ यत्रु उपत्यका भित्रिँदा ६ हजार १ सय ९ गाडिमा ६४ हजार ६ सय ५० यात्रु बाहिरिएका छन् । उपत्यकामा २४ घण्टामा १२ वटा सवारी दुर्घटना हुँदा १७ जना सामान्य र ५ जना गम्भीर घाइते भएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।