Thaha

Saturday 21 September - 6:21 pm NST

चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्कँदै


काठमाडौं, १४ चैत । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली ८ दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ । बेइजिङमा महत्वपूर्ण भेटवार्ता र सम्झौता पछि सान्या हुँदै छेन्दु पुगेका प्रधानमन्त्री ओली छेन्दुबाट चार्टर बिमानर्फत् सिधै काठमाडौं आउने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको बिमानमार्फत् दिउँसो ४ बजे त्रिभुवन बिमानस्थल आइपुग्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । गत चैत ७ गते चीन गएका प्रधानमन्त्री ओलीले राष्ट्रपति सि जिनपिङ, प्रधानमन्त्री लि खछ्याङलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशबीच विभिन्न १० बुँदे सम्झौता तथा समझादारीसमेत भएको थियो । बेइजिङपछि हैनानमा बोआओ एशिया फोरमको बार्षिक सम्मेलनलाई सम्बोधन गरेर प्रधानमन्त्री ओलीले भूकम्पपछि पुनर्निमाण गरिएका विभिन्न क्षेत्रको अवलोकन पनि गर्नुभएको थियो ।