Thaha

Saturday 21 September - 6:39 pm NST

शान्ति र गरिबीसँगै अघि बढ्न सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति र गरिबीसँगै अघि बढ्न नसक्ने बताउनुभएको छ । चीनको सान्या सहरमा भइरहेको बोआओ फोरमको बार्षिक सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आर्थिक विकास देखिए पनि एशियाबाट गरिबी हट्न नसकेको भन्दै नयाँ दृष्टिकोण र आयामका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

एशिया विश्व अर्थतन्त्रको पावरहाउसका रुपमा अघि बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समग्र आर्थिक विकासका लागि एशियाली देशहरुबीच सहकार्यको आवश्यकता औंल्याउनुभयो । सबै एशियाली मुलुक सुनौलो भविष्यतर्फ अघि बढ्नका लागि प्रतिबद्धताका साथ क्षेत्रीयस्तरमा सहकार्य हुनुपर्नेमा उहाँको जोड थियो । 


नेपालमा हालै संविधानसभाबाट जारी भएको संविधानलाई स्वागत गरेकोमा सबै एशियाली देशहरुप्रति आभार पनि व्यक्त गर्नुभयो । मंगलबारदेखि सुरु भएको बोआओ सम्मेलन शुक्रबार सकिनेछ ।