Thaha

Saturday 21 September - 6:16 pm NST

सहयोग गर्न पौडेललाई देउवाको आग्रह


काठमाण्डौं चैत १० । कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा सहयोग गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गर्नुभएको छ । पौडेल निवास बोहराटार पुगेर देउवाले सहयोगक गर्न देउवाले आग्रह गर्नुभएको हो ।

 पार्टीमा विभाग गठन गर्दा र केन्द्रीय समितिमा मनोनित गर्दा सहमतिकै आधारमा सबैसँग छलफल गरेर अघि बढ्ने भन्दै देउवाले सहयोग गर्न आग्रह गरेपनि पौडेलले अस्वीकार गरेको स्रोतले जनाएको छ ।  पौडेलले दलको नेतामा आफुलाई सहयोग गर्न देउवासँग आग्रह गर्नुभएको छ ।

कम्युनिष्ट पार्टीहरुसँग लड्नुपर्ने अवस्था भएकाले पद एउटैले राख्न नहुनेमा जोड दिँदै पौडेलले एक व्यक्ति एक पदको कुरा अगाडि सारेको स्रोतले जनाएको छ । देउवाले पार्टी स्वस्थ ढंगले अघि बढाउने भन्दै कार्यविभाजनमा कसैको चित्त नदुखाउने बताउनुभएको छ ।