Thaha

Sunday 05 July - 11:57 am NST

ग्रेटर नेपालद्धारा नेपालको नक्साबारे राजकुमार ह्यारीको ध्यानाकर्षण

काठमाण्डौं, चैत १० । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बेलायती दूतावास मार्फत राजकुमार ह्यारीलाई सुगौली सन्धिपूर्वको विशाल नेपालको नक्शा दिएको छ ।  बेलायती दूताबास लैनचौर पुगेर मोर्चाको प्रतिनिधि मण्डलले बेलायती दूतावासकी डेपुटी हेड अफ मिसन एलिसन एमसी एवनलाई मण्डलले १० बुँदे ज्ञापन पत्र र ग्रेटर नेपालको नक्सा हस्तान्तरण गरेको हो ।

नक्साप्रति एलिसनले जिज्ञासा राखेपछि मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले नेपालको झण्डै ६० हजार वर्ग कि.मि. भूभाग बेलायतले नेपाललाई फिर्ता नगरी भारतमै छोडेर गएकाले त्यो भूभाग फिर्ता गर्नु बेलायतको नैतिक दायित्व भएको बताउनुभयो । डेपुटी हेड अफ मिसन एलिसनले ज्ञापनपत्रमा उठाइएका विषयमा बेलायतको उच्च सरकारी तहले मात्र निर्णय दिन सक्ने जवाफ दिएको मोर्चाले जनाएको छ ।

एलिसनले नक्सा राजकुमारलाई आजै उपलब्ध गराइदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।