Thaha

Saturday 21 September - 6:20 pm NST

प्रधानमन्त्री ओलीले आज चीनमा महत्वपुर्ण भेटवार्ता गर्दै


काठमाण्डौं, ८ चैत । 


प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेइजिङमा महत्वपूर्ण भेटवार्ता गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आज चिनियाँ राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री लि खछयाङ लगायतसंग उच्चस्तरीय भेटवार्ता गर्ने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । आजैनै ग्रेट हल अफ दि पिपुलमा दुवै प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–चीन वार्ता हुने र केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम समेत तय भएको छ  ।  

चिनियाँ प्रधानमन्त्री लि खछयाङको निमन्त्रणामा हिजो प्रधानमन्त्री ओली झण्डै १ सय जनाको टोली सहित त्यस तर्फ जानु भएको हो ।  प्रधानमन्त्री ओलीलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो चीनका विदेश मन्त्रालयका उपमन्त्री लीउ जेन मिनले स्वागत गर्नु भएको थियो । प्रधानमन्त्री ओली चीनका विभिन्न क्षेत्रको भ्रमणपछि आउँदो १४ गते काठमाडौं फर्किनु हुनेछ । अघिल्लो महिना भारतको राजकीय भ्रमणमा गएका प्रधानमन्त्री ओलीले आजको ठिक एक महिनाअघि अर्थात फागुन आठ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता गर्नु भएको थियो ।