Thaha

Saturday 21 September - 6:16 pm NST

बेलायती राजकुमार ह्यारी काठमाण्डौंमा, आजै प्रधानमन्त्री ओलीसंग भेट गर्ने

​काठमाण्डौं, ६ चैत । बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ पाँच दिने औपचारिक भ्रमणका लागि काठमाण्डौ आइपुग्नु भएको छ । राजकुमार ह्यारी कतार एयरवेजबाट काठमाडौं आउनु भएको हो । ह्यारीले आज बेलुकी ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

आजै परराष्ट्रमन्त्री कमल थापाले होटल याक एण्ड यतिमा आयोजना गर्ने रात्री भोजमा राजकुमार ह्यारी सहभागी हुनुहुनेछ । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसर पारेर बेलायती महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारी पहिलो पटक नेपाल आउनु भएको हो ।

पाँच दिनसम्म नेपालमा रहने राजकुमार ह्यारीले भोलि बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुनेछ । उहाँले भूकम्पले क्षति पु¥याएका ललितपुर र भक्तपुरका विभिन्न ठाउँ, विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार स्क्वायर क्षेत्रको अवलोकन गरी जानकारी लिनुहुने छ ।

३२ वर्षीय राजकुमार ह्यारी पर्यटकीय नगरी पोखरा पनि जाने बेलायती दूतावासले जनाएको छ । त्यहाँ उहाँले गोर्खा सैनिकका परिवारसित भलाकुसारी गर्नुहुनेछ । साथै गोर्खा सैनिक कल्याणकारी कोषले भूकम्पले क्षति पु¥याएका संरचना निर्माणमा गरिरहेको प्रयास बारे पनि जानकारी लिनुहुनेछ ।