Thaha

Saturday 21 September - 6:15 pm NST

महव्यवसायलाई उच्च प्राथमिकता दिनुपर्छ :मन्त्री केसी

काठमाण्डौं, चैत ५ । उपप्रधान तथा सहकारी एंवम गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले मह व्यवसायका लागि राज्यबाट गर्नुपर्ने कानुनी व्यवस्था र नीतिगत कार्यक्रमका लागि पहल गर्ने बताउनुभएको छ । नेपाल मौरीपालक महासंघको नवौं महाधिवेशनमा बोल्दै उहाँले मौरी पालन व्यवसाय विस्तारका लागि राज्यबाट प्रर्याप्त सहयोग नभएको भन्दै उहाँले उच्च प्राथमिकता दिएर यसको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले अन्तराष्ट्रिय जगतमा पनि नेपालमा उत्पादित महको माग भएकाले मह व्यवसायका लागि किसानलाई आफ्नो मन्त्रालयले गर्नुपर्ने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा कृषि विकास मन्त्रालयका महानिर्देशक डा युवकध्वज जिसीले मौरीपालन व्यवसायको विकास एंव विस्तारमा केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्र अन्तर्गत मह व्यवसायलाई उच्च प्राथमिकता दिएर यसको व्यवसायीकरण गर्नुपर्ने धारणा राख्नुभयो । 


यसैबीच,  नेपाल मौरीपालक महासंघको नवौं महाधिवेशन आजदेखि ललितपुरमा सुरु भएको छ । महाधिवेशनको सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले उद्घाटन गर्नुभयो ।  महाधिवेशनमा विभिन्न जिल्लाका ८० जना प्रतिनिधीको सहभागिता रहेको छ । ३२ जिल्लाका ५ हजार १ सय घरधुरी मौरीपालन व्यवसायमा संलग्न भएपनि महासंघमा ३ सय जना मौरीपालक आवद्ध रहेको महासंघका अध्यक्ष राजेन्द्र गौतमले जानकारी दिनुभयो ।  

भोलि सम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।