Thaha

Monday 11 November - 8:38 am NST

प्रधानमन्त्री ओलीलाई नयाँ शक्तिको ७ बुंदे सुझाव


काठमाण्डौं, चैत ५ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात बुँदे सुझाव दिएको छ । चीनसँग राष्ट्रिय हित प्रतिकूल हुनेगरी सन्धि सम्झौता नगर्न नयाँ शक्तिको सुझाव छ ।

चीनसँग पारवहन, बिप्पा र ईन्धन आपूर्तिका लागि सहकार्यमा जोड दिन सुझाव दिँदै नयाँ शक्तिले त्यसो गर्द राष्ट्रिय हित र आपसी सम्वन्धलाई अझ बलियो बनाउन भनेको छ । चीनसँगको व्यापार घाटा कम गर्नका लागि चीनले नेपालका लागि भन्सार महशुलमा छुटलगायत, आर्थिक सहकार्यका विशेष नीति बनाउने योजना पेश गर्न , नेपाल र चीन जोड्ने आधुनिक सडक र रेलमार्ग निर्माणमा जोड दिन, नेपालको समग्र आर्थिक विकासमा चीनबाट ठोस सहयोगका लागि स्पष्ट योजना साथ प्रस्ताव राख्न प्रधानमन्त्रीलाई नयाँ शक्तिको सुझाव छ  ।

भूकम्पबाट विस्थापित जनताको पुनस्र्थापना र सामूहिक आवासको निर्माणमा अनुरोध गर्न, हिमपर्वतहरुको संरक्षणमा चीनसँग विशेष सहकार्यमा जोड दिन नयाँ शक्तिको सुझाव छ ।  नयाँशक्ति नेपालका अन्तरराष्ट्रिय विभागका प्रमुख नवराज सुवेदीले विज्ञप्ति निकालेको  विज्ञप्तिमा प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशको सम्बन्ध प्रगाढ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ ।