Thaha

Saturday 21 September - 6:35 pm NST

ल्हारक्याल लामालाई प्रहरीले थप ३ दिन थुनामा राख्ने

काठमाण्डौं, चैत ५ । प्रहरीले एकीकृत माओवादीका  सांसद ल्हारक्याल लामालाइ थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लामालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।  

यसअघि पाँच दिनको म्याद दिइएकोमा प्रहरीले लामालाई आज प्रशासनमा उपस्थित गराएर थप म्याद लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानवीन गर्ने क्रममा इन्भेष्टमेन्ट बैंकको दरबारमार्ग शाखामा रहेको लामाको लकरमा मा १४ थान गोली भेटाएपछि प्रहरीको जिम्म लगाएको थियो ।