Thaha

Saturday 21 September - 6:11 pm NST

एमाओवादीले सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै


काठमण्डौं, ५ चैत । 
एकीकृत नेकपा माओवादीले आज साँस्कृतिक प्रतिरोध दिवस मनाउदै छ । तत्कालीन नेकपा माओवादीका ७ जना कलाकारहरुलाई काभ्रेको अनेकोटमा सुरक्षाकर्मीहरुले सामुहिक हत्या गरेको दिनको स्मरणमा हरेक बर्ष चैत ५ गते साँस्कृतिक प्रतिरोध दिवस मनाउने गरिन्छ । २०५५ साल चैत ५ गते अनेकोटको एक घरमा बसिरहेकोबेला कलाकारहरु च्याङ्बा लामा, निर्मला देवकोटा, गुम्बासिं तामाङ, मञ्जु कुवँर, डम्बर श्रेष्ठ, सुभद्रा सापकोटा र चिनीमाया लामालाई सुरक्षाकर्मीहरुले सामुहिक हत्या गरेका थिए ।

त्यही दिनको स्मरणमा आज दिउँसो १ बजे काभ्रेको अनेकोटमा साँस्कृतिक कार्यक्रम तथा सहीद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको एमाओवादी काभ्रे जिल्ला सचिव इन्द्रबहादुर थिङले जानकारी दिनुभयो ।