Thaha

Saturday 21 September - 6:16 pm NST

नयाँदिल्लीबाट काठमण्डौं आउन लागेको बिमानमा बम नभएको पुष्टि


काठमण्डौं, ४ चैत । 
भारतको नयाँदिल्लीबाट काठमाडौंका लागि उड्न लागेको नेपाल वायुसेवा निगमको आरए–टु जेरो सिक्स विमानमा बम नभएको पुष्टि भएको छ । अज्ञात व्यक्तिले फोनमार्फत बम भएको सुचना दिएपछि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलबाट उड्नै लागेको विमानमा सबै यात्रुहरु निकालेर चेकजांच गरिएको थियो ।

विमानस्थलको कल सेन्टरमा अन्तराष्ट्रिय नम्बरको फोनबाट नेपाल वायुसेवा निगमको विमान र दिल्लीबाट भारतकै भुवनेश्वरतर्फ उड्न लागेको १ सय ८० जना यात्रु सवार ए एल टु सेभेन फाईभ विमानमा बम छ भनेर जानकारी दिईएको थियो । नेपाल एयरलाईन्सको विमान दिउँसो १२ बजेर ४० मिनेटमा काठमाण्डौं आईपुग्नुपर्ने थियो । १ सय ६४ जना यात्रु सवार विमान वरिष्ठ क्याप्टेन विजय लामा र सहपाईलट दिपु जुआरचनले काठमाडौं ल्याउंनुभएको छ ।

संयुक्त मधेसी मोर्चाका शिर्ष नेताहरु तमलोपाका अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवपनि सोही विमानबाट काठमाण्डौं फर्कनुभएको छ ।