Thaha

Saturday 21 September - 6:36 pm NST

लाङटाङमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना


काठमण्डौं, ४ चैत । 
रुसुवाको लाङटाङमा आज दिउँसो हेलिकोप्टर दुर्घटना भएको छ । रसुवा सदारमुकाम धुन्चेबाट भुकम्प पिडितका लागि घरटहरा बनाउने समाग्रि लिएर गएको फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा परेको हो । सामाग्री पुुर्याएर उड्ने क्रममा दिउँसो साँढे ३ बजे लाङटाङ भिलेजमा हेलिकोप्टर पल्टिएको जिल्ला प्रहरी कार्यलय रसुवाले जनाएको छ ।

हेलिकोप्टरमा पाईलट स्वीडेनका निकालेस मात्रै  रहेको र उनि सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकोे हेलिकोप्टरमा रहेका पाइलटको उद्दारका लागि अहिले काठमाडौंबाट फिस्टेलकै अर्को हेलिकोप्टर गएको छ । जिल्ला प्रहरी कार्यलय रसुवाबाट प्रहरी नायक उपरिक्षक अवधेस विष्टको नेतृत्वमा प्रहरी घट्नास्थलतर्फ गएको प्रहरीको भनाइ छ ।