Thaha

Saturday 21 September - 8:26 pm NST

नयाँदिल्लीबाट काठमण्डौंमा आउन लागेको जहाजमा बम भएको हल्ला, यात्रु ओरालेर चेकजाँच गरिँदै


काठमण्डौं, ४ चैत । 
भारतको नयाँदिल्लीबाट काठमाडौं आउन लागेको नेपाल एयरलाईन्सको जहाजमा बम रहेको हल्ला चलेपछि अहिले चेकजाँच भइरहेको छ । नयाँदिल्लीबाट काठमाडौं आउन लागेको नेपाल एयरलाइन्सको आर.ए २०६ जहाजमा बम भएको हल्ला चलेपछि नयाँदिल्लीमा रहेको इन्दिरा गान्धी अन्तराष्ट्रिय बिमानस्थलमै यात्रुलाई ओरालेर जहाज चेकजाँच भइरहेको भारतिय सन्चार माध्यमले जनाएको छ ।  

१ सय ६४ यात्रु सवार नेपाल एयरलाइन्सको जहाज दिउँसो १२ः४० मा काठमाडौं आइपुग्नुपर्ने थियो । रन वे मा उड्न तयार यात्रुसहितको जहाजमा सुरक्षा घेरा हालेर अनुसन्धान गरिएको छ । सुरक्षा घेरामा रहेको जहाज आसपास बम डिस्पोजल टोलि र दमकल तैनाथ गरिएको भारतिय सन्चारमाध्यमले जनाएका छन् । यसअघि पनि नयाँ दिल्लीबाट काठमण्डौं आउन लागेको जहाजमा बम रहेको हल्ला चलाइएको थियो ।

यसैबिच नयाँदिल्लीबाट भारतकै भुवनेश्वर उड्न लागेको जहाजमा पनि बम भएको हल्लापछि चेकजाँच भइरहेको छ । नेपाल आउन लागेको र भुवनेश्वर उड्न लागेको जहाजमा बम रहेको भन्दै फोन आएपछि भारतिय सुरक्षाकर्मिले चेकजाँच गरिरहेको हो । एयर इन्डियाको १ सय ८० जना यात्रु चढेको जहाजका सबै यात्रु ओलालेर बम भए नभएको जाँच भइरहेको छ ।