Thaha

Saturday 21 September - 8:40 pm NST

नेपाली कांग्रेसको २५ केन्द्रीय खुल्ला सदस्यको टुँगो लाग्यो

काठमाण्डौं, चैत १ । नेपाली कांग्रेसको खुल्लातर्फका २५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । डा. शेखर कोईराला सबैभन्दा धेरै १ हजार ८ सय ४८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । यस्तैगरी खुमबहादुर खड्का १ हजार ८ सय ४६ र प्रकाशमान सिंहले १ हजार ७ सय ९५ मत प्राप्त गर्दै दोस्रो र तेस्रो स्थान हासील गर्नुभएको छ ।

निर्वाचन समितीका अनुसार केबी गुरुङ १ हजार ७ सय ७३, प्रदीप गिरी १ हजार ७ सय २५ र प्रदीप पौडेलले १ हजार ७ सय १२ मत प्राप्त गर्नुभएको छ । बालकृण्ण खांड १ हजार ७ सय ४, धनराज गुरुङ १ हजार ६ सय ९७, रमेश लेख १ हजार ६ सय ८९, पूर्णबहादुर खड्का १ हजार ६ सय ८६, बिमलेन्द्र निधि १ हजार ६ सय ७७ मत ल्याएर खुल्ला केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ ।

यस कोटामा महेश खाचार्य १ हजार ६ सय ६९, विश्वप्रकाश शर्मा १ हजार ६ सय २०, सुजाता कोईराला १ हजार ६ सय १९, डा. रामशरण महत १ हजार ६ सय ११, एनपी साउद १ हजार ५ सय ४७, शंकर भण्डारी १ हजार ५ सय ४७, ज्ञानेन्द्रबहादुर कार्की १ हजार ५ सय २, गोपालमान श्रेष्ठ १ हजार ४ सय ९९, चन्द्र भण्डारी १ हजार ४ सय ९३, प्रकाशशरण महत १ हजार ४ सय ९१, बद्रि पाण्डे १ हजार ४ सय ८५, नारायण खड्का १ हजार ४ सय ६४ र डा. मिनेन्द्र रिजाल १ हजार ४ सय २० मत ल्याएर खुल्लातर्फ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

निर्वाचित खुल्ला केन्द्रीय सदस्यतर्फ सभापति शेरबहादुर देउवातर्फका १४ र रामचन्द्र पौडेलतर्फका ११ जना रहेका छन् । अब प्रदेशबाट प्रतिनीधित्व गर्ने १४ जना सदस्यको परिणाम आउन बांकी छ । १३ औं महाधिवेशन अन्तर्गत फागुन २३ गते भएको निर्वाचनको सबै मतगणना आजै सकिने निर्वाचन समितीले जनाएको छ । प्रदेशतर्फको भने १४ सय मत गणना भएको र ढिलासम्म गनेर भएपनि प्रदेशतर्फको पनि मतगणना आजै सक्ने घिमिरेले बताउनुभयो ।