Thaha

Saturday 21 September - 8:41 pm NST

कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने : सभापति देउवा

New Pressident Sher Bdr deupa 

 काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले देशमा रहेको अभाव, महँगी र कालोबजारी नियन्त्रणको लागि सरकारलाई दबाब दिने बताउनुभएको छ । 
सभापतिलाई शुभकामना दिन बुढानीलण्ठस्थित निवास पुगेका पत्रकारसँग कुरा गर्दै देउवाले अहिले नै सरकारमा नजाने स्पष्ट पार्दै कालोबजारी र भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई बाध्य पारिने बताउनुभयो । नाकाबन्दी खुल्ला हुँदासमेत आपूर्ति सहज हुन नसकी जनताले दुःख पाएको भन्दै उहाँले सरकारले जनचाहनाअनुसार काम नगरेको आरोप लगाउनुभयो ।  ठूलो पार्टीको हैसियतले आफूहरुले जिम्मेवार र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने भनाई उहाँले दोहो¥याउनुभयो । 
सभापति देउवालाई आजै कांग्रेसनिकट नेपाल आदिवासी जनजाती संघले पनि भेटर पार्टीमा जनजातिलाई उचित स्थान दिन माग गरेको छ ।