Thaha

Saturday 21 September - 8:42 pm NST

अहिलेको सरकार दुई वर्ष चल्छ : प्रचण्ड

काठमाडौं, ३० फागुन । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तन नहुने बताउनुभएको छ । 
कांग्रेस महाधिबेशनपछि सरकार परिवर्तन हुने चर्चा चलिरहेका बेला प्रचण्डले त्यसलाई अस्वीकार गर्दै यो सरकार दुई वर्ष चल्ने र चुनाव गराउने दाबी गर्नुभएको हो । सिन्धुलीको कमलामाई नगरपालिका ढुंग्रेबासमा पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले नेपाली कांग्रेस र मधेसवादी दलसमेत अहिलेको सरकारमा सामेल हुनुपर्नेमा जोड दिनुभयो । ‘कांग्रेसको महाधिबेशन लगत्तै सरकार परिवर्तन हुने हल्ला गलत हो ।’ प्रचण्डले भन्नुभयो– अहिलेको अवस्थामा सरकार परिवर्तन हुँदैन ।’ तर सरकारको कामकारवाहीलाई थप प्रभावकारी बनाउनु भने आवश्यक रहेको प्रचण्डको भनाई छ । 
भारतको बजारसँग मात्रै निर्भर हुन नहुने भन्दै प्रचण्डले व्यापार विविधीकरणमा जोड दिनुभयो ।