Thaha

Saturday 21 September - 8:18 pm NST

चढ्ने होईन त हाईटेक मेट्रो बस?

 

काठमाडौं, ३० फागुन ।

काठमाण्डौ उपत्यकामा अत्याधुनिक प्रविधि जडित हाइटेक मेट्रो बस सञ्चालनमा आउने भएको छ ।

उपत्यकामा सार्वजनिक गाडीलाई सुविधा सम्पन्न बनाउन र व्यवस्थित बनाउने उद्देश्यले सेवा संचालन गर्न थालिएको  उपत्यका स्यम्भु बस सेवा समितिले जनाएको छ । ढुंगेधारामा दिउँसो एक बजे उपराष्ट्रपति नन्द बहादुर पासाङले बस सेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

हाइटेक मेट्रो बसमा रहेको लोकेसन ट्रयाकिङ्ग प्रणाली सहितको मोबाइल एप्सले यात्रुलाई आफु बसेको स्थानबाटै निकट दुरीमा रहेको बस र यसमा रहेका यात्रुको संख्याबारे समेत जानकारी दिने समितिका अध्यक्ष धर्म रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक स्टेशनमा पुगेको जानकारी बसमा रहेको डिस्प्ले स्क्रिन र आवाजबाट यात्रुले थाहा पाउन सक्ने छन् ।

टिकट प्रणालीमा सञ्चालन हुने बसमा भाडा भने सरकारी दर रेट अनुसार नै लागु गरिने समितिले जनाएको छ । पहिलो चरणमा ३९ वटा बस चक्रपथमा मात्र बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने छन । यात्रुको माग आएमा विस्तारै सेवा विस्तार गर्दै जाने रिमालको भनाई छ ।