Thaha

Saturday 21 September - 8:28 pm NST

नेपालका २० प्रतिशत चरा संकटमा

काठमाडौं, ३० फागुन । नेपालका २० प्रतिशत चरा संकटमा परेका छन । संसारमै पहिलो पटक नेपालमा गरिएको गहन अध्ययनबाट थप १८ प्रजातिका चराहरु संकटापन्न भएको पाइएको चरा संरक्षणको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाले जनाएका छन । अहिलेसम्मा नेपालमा १ सय ४९ प्रजातिका चराहरु संकटापन्न भएकोमा यो संख्या बढेर १ सय ६७ पुगेको छ । सन् २०१२ देखि अहिलेसम्म ८० जना चराविद्हरुले नेपालका चराको गहन अध्ययन गरेका चराविद् डाक्टर हेमसागर बरालले बताउनु भयो । घाँसे मैदान र सीमसारमा आश्रित चराहरु संकटमा परेका उहाँले जानकारी दिनुभयो । तर नेपालमा पछिल्लो समय चराको संख्या भने बढेको छ । पहिले ८ सय ७२ प्रजातिका चरा पाईने नेपालमा यो संख्या बढेर ८ सय ७८ पुगेको छ  । पाँच वर्षसम्मको अध्ययनका क्रममा सन् २०१२ र सन् २०१५ मा विदेशी चराविद् समेतको सहभागितामा चराहरुको संख्या, आवास र संकटमा पर्नुको कारणका विषयमा समेत छलफल भएको हिमाली प्रकृतिले जनाएको छ ।