Thaha

Saturday 21 September - 8:29 pm NST

न्यायपरिषदको सिफारिस फिर्ता गरेर सभामुखले गल्ती गरेको कांग्रेस सभापति देउवाको टिप्पणी


काठमण्डौं, २८ फागुन । 


नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले न्यायपरिषदले गरेको सिफारिस फिर्ता गरेर सभामुख ओनसरी घर्ति मगरले गल्ती गरेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा देउवाले सभामुसखले हस्तक्षेप गर्न नमिल्ने बताउनुभयो । ‘सभामुखले हस्तक्षेप गर्ने होइन । सुनुवाई समिति बनाउने हो । फिर्ता गर्नु परेपनि सुनवाई समितिले गर्छ ।’ देउवाले भन्नुभयो – न्यायाधीश सिफारिस चित्त बुझोस नबुझोस त्यसको अर्थ छैन ।

गलत काम सभामुखले गर्न सुहाउँदैन । सभामुख सम्मानित र तटस्थ पद हो ।’ सभापति देउवाले सभामुख असल मान्छे भए पनि उनलाई कसैले फसाएको जस्तो आफूलाई लागेको भन्दै यस विषयमा एमाओवादी अध्यक्ष प्रचण्डसँग कुरा गर्ने बताउनुभयो । केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नै बोझले ढल्ने भन्दै देउवाले कांग्रेस अहिलेको सरकारमा नजाने र सशक्त प्रतिपक्षको भूमिका खेल्ने बतउनुभयो । ‘सशक्त प्रतिपक्ष नभए शासक तानाशाही हुन्छ ।

गलत विपक्षी भए प्रजातन्त्र कमजोर हुन्छ ।’ देउवाले भन्नुभयो– दह्रो प्रतिपक्ष भए प्रजातन्त्र बलियो हुन्छ । त्यसैले हामी प्रतिपक्षमा बस्छौ । यो सरकारमा हामी जाँदैनौ ।’