Thaha

Saturday 21 September - 8:32 pm NST

दोस्रो विश्व सम्मेलन पर्सीदेखी काठमाण्डौंमा, संसारका ४३ देशका ७ सयभन्दा धेरै महिला सहभागी हुने


काठमण्डौं, २८ फागुन । 

फागुन ३० गतेदेखि काठमाडौंमा दोस्रो विश्व महिला सम्मेलन हुने भएको छ । ‘विश्वका महिला सर्वोच्च शिखर चुम्दैछन्’ भन्ने नाराका साथ विश्व महिला सम्मेलन हुन लागेको हो । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा हुने सम्मेलनमा नेपालसहित संसारका ४३ देशमा ७ सयभन्दा बढी महिला सहभागी हुने आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर  आयोजकले जानकारी दिइयो ।

 

एसीया कोअडिनेटर इमेली चाइलोले विश्वका सबै महिलामा समस्या समस्या रहेको भन्दै एसिया कोअडिनेटर चोइलोले अधिकार प्राप्तिले महिलाहरुको राजनीतक आर्थिक तथा सामाजिक अवस्थामा महत्वपूर्ण सुधार भए पनि पूर्ण समानुपातिक र स्वतन्त्रता प्राप्त नभएको बताउनुभयो । उहाँले विश्वव्यापी रुपमा नै महिला आन्दोलनलाई अझ सशक्त र सुदृढरुपमा अगाडि बढाउनुपर्ने आवश्यकसहित सम्मेलन गर्न लागेको स्पष्ट पार्नुभयो । सम्मेलन नौ वटा विभिन्न विषयमा कार्यशालासहित चैत ५ गतेसम्म चल्नेछ । सम्मेलन सभामुख ओनसरी घर्तीमगरले उद्घाटन गर्नुहुनेछ ।

 

चैत १ गते एसिया र नेपालले संयुक्त साँस्कृतिक साँझ सञ्चालन गर्ने, २ गते युरोप र अफ्रिकाले संयुक्त रुपमा साँस्कृतिक साँझ सञ्चालन गर्ने र चैत ३ गते सम्मेलनको मूल नारामा आधारित गीत प्रतियोगिता गरिनेछ । यसअघि प्रथम महिला सम्मेलन सन् २०११ मा दक्षिण अमेरिकाको भेनेजुइलामा सम्पन्न भएको थियो । त्यस, सम्मेलनमा ४० देशका ३ हजार ५ सय महिला प्रतिनिधिहरुले भाग लिएका थिए ।