Thaha

Saturday 21 September - 8:31 pm NST

फरमुल्लाह मन्सुर कांग्रेस केन्द्रीय सदस्य निर्वाचित


काठमाण्डौं, फागुन २७ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य समावेशी मुस्लिम कोटातर्फ फर्मुल्लाह मन्सुर निर्वाचित हुनुभएको छ । निर्वाचन समितीले केहीवेरअघि उहाँलाई केन्द्रीय सदस्य निर्वाचित भएको घोषणा गरेको हो । निर्वाचन समितीका सदस्य गोपालकृण्ण घिमिरेका अनुसार मन्सुरले १ हजार २ सय २६ मत ल्याएर मन्सुर विजयी हुनुुभएको हो ।

उहाँका निकटतम प्रतिद्धन्दी मोहम्मद अफताब आलमले १ हजार ४४ मत प्राप्त गर्नुभयो । मन्सुर बारा जिल्ला निवासी हुनुहुन्छ । उहाँ यसअघिपनि कांग्रेसको केन्द्रीय सदस्य हुनहुन्थ्यो । मुस्लीम १ सीटका लागि  ६ जना उम्मेद्धार हुनुहुन्थ्यो ।

उम्मेद्धारहरु अब्दुल सतारले ४ सय ६०, अहमद मियाले १ सय ४, अरुण मानवले ४८ र हारुण रसिदले ४३ मत प्राप्त गर्नुभएको छ । निर्वाचन समितीले भोली केन्द्रीय सदस्य खुल्लासँगै सबै आरक्षणतर्फको मत गन्ने जनाएको छ ।