Thaha

Saturday 21 September - 8:14 pm NST

उपराष्ट्रपति पुनसंग पाकिस्तानी र बांगलादेशी राजदुतद्धारा भेटवार्ता


काठमण्डौं, २७ फागुन ।
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’संग नेपालका लागि पाकिस्तानी र बंगलादेशी राजदुतले आज शिष्टाचार भेट गर्नु भएको छ । उपराष्ट्रपति कार्यालय बहादुरभवनमा पाकिस्तानी राजदुत मजहर जाभेद र बंगलादेशी राजदुत मास्फी बिन्ते साम्सले उपराष्ट्रपति पासाङसंग छुट्टा–छुट्टै शिष्टाचार भेट गर्नु भएको हो । पाकिस्तानी राजदुत जाभेदस“गको भेटमा उपराष्ट्रपति पासाङले पाकिस्तान र नेपालको सम्बन्ध धेरै पुरानो रहेको बताउनुहु“दै दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुपर्ने बताउनुभएको उहाँको प्रेस सल्लाहकार मनोज घर्तिमगरले जनाकारी दिनुभयो । पाकिस्तानी राजदुतस“गको भेटमा उपराष्ट्रपतिले केही वर्षदेखि रोकिएको काठमाडौं–कराची हवाई उडान सुचारु गर्न आग्रह गर्नुभयो ।

भेटमा पाकिस्तानी राजदुत जाभेदले नेपाल र पाकिस्तानको सम्बन्ध धेरै पुरानो भएको बताउनुहु“दै काठमाडौं–कराची हवाई उडानका लागि पाकिस्तान सरकारस“ग कुरा गर्ने बताउनु भएको घर्तिमगरले बताउनुभयो । यस्तै बंगलादेशी राजदुत साम्सस“गको भेटमा उपराष्ट्रपति पासाङले नेपाल र बंगलादेशको सम्बन्ध बंगलादेशको स्वतन्त्रता संग्रामअघि देखिकै भएको भन्दै दुई देशबीचको सा“स्कृतिक, सामाजिक, धार्मिक, आर्थिक, शैक्षिक सम्बन्धलाई बढाउ“दै जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले भूकम्पको बेलामा बंगलादेशले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिनुभयो । राजदुत साम्सले तयारी पोषाक उत्पादनमा बंगलादेशले नेपालमा लगानी गर्न चाहेको बताउनु भएको प्रेस सल्लाहकार घर्तिमगरले जानकारी दिनुभयो । उहाँका अनुसार राजदुत साम्सले उपराष्ट्रपतिलाई बंगलादेश भ्रमण गर्न  आग्रह समेत गर्नुभयो ।