Thaha

Saturday 21 September - 8:14 pm NST

मिथिला परिक्रमा सुरु


काठमाडौं, २६ फागुन । विश्वकै लामो पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा सुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ । १ सय ३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठुलो संख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहने गरेको छ । प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी अर्थात माता जानकी र कचुरी मठबाट मिथिला बिहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत रुपमा सुरु भएको हो । धनुषाको ठेरा कचुरी मठबाट आएका मिथिला विहारीको डोला रत्नसागर मन्दिरमा विश्राम गरी जानकी मन्दिरको परिक्रमा गर्दै आज विहान कल्याणेश्वर महादेव स्थल गएको छ । मध्य मिथिला परिक्रमा अन्तर्गत जनकपुरको अन्तरगृह पञ्चकोशी परिक्रमा भएपछि समापन हुने चलन रहेको छ । परिक्रमा समापन भएको भोलि पल्ट मिथिलामा होली पर्ब मनाउने चलन रहेको छ ।