Thaha

Saturday 21 September - 8:19 pm NST

यस वर्षको पहिलो खण्डग्रास सूर्यग्रहण


काठमाडौं, २६ फागुन । नेपालमा यसवर्षको पहिलो खण्डग्रास सूर्यग्रहण आज लागेको छ । बिहान ५ बजेर ५७ मिनेटबाट ग्रहण सुरु भएको ग्रहण बिहान ७ बजेर २ मिनेटमा सकिएको पञ्चाङग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल, भारत, अष्ट्रेलिया, जापान, इन्डोनेसीया लगायत एशिया प्रान्तका अधिकांस देशबाट सूर्यग्रहण देखिएको थियो । नेपालमा भने ६ बजेर २२ मिनेटमा सूर्योदयसंगै ग्रहण देखिएको थियो । देशका सबैजसो ठाउँबाट ग्रहण अवलोकन गरियो ।  २०७३ सालमा भने सूर्यग्रहण र चन्द्रग्रहण नभएको पञ्चाङग निर्णायक समितीले जनाएको छ । धार्मीक शास्त्रअनुसार सूर्यमा राहुको दुख र आक्रमणलाई सूर्यग्रहण भनिन्छ । वैज्ञानीकहरुले भने सूर्यग्रहणलाई सूर्यमा पृथ्वीको छाया परेको भन्ने गरेका छन् । ग्रहण लागेका बेला खान, सुत्न नहुने र स्नान, पूजापाठ गर्दा स्वास्थ्यका लागि पनि राम्रो हुने विश्वास रहीआएको छ । ग्रहणको अवधिमा दान गर्दा लाभ हुने ज्योतीसशास्त्रिहरुको भनाई छ । ग्रहण सकिएपछि पनि स्नान गरेर सुद्ध हुने प्रचलन रहेको छ ।