Thaha

Saturday 21 September - 11:41 pm NST

प्रधानमन्त्रीको भारत भ्रमण सफल एमालेको निष्कर्ष

काठमाडौं, २३ फागुन । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफल रहेको निष्कर्ष निकालेको छ । 
एमाले स्थायी समितिको आइतबार बसेको बैठकले प्रधानमन्त्रीको भ्रमण सफल र उपलब्धि मूलक रहेको निष्कर्ष निकालेको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनुभयो । बालुवाटारमा बसेको स्थायी समिति वैठकमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण भ्रमणबाट भारत र नेपालबीचको असमझदारी हटेर सम्वन्ध सुधारोन्मूख रहेको जानकारी गराउनुभएको छ । बैठकमा एमाले नेताहरुले चीन भ्रमणका बेला व्यापार र पारवहन सम्झौता गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । चीन भ्रमणलाई ऐतिहासिक र उपलब्धिमूलक बनाउने गरी व्यापक तयारी गर्न प्रधानमन्त्रीलाई एमाले नेताहरुले आग्रह गरेका छन् ।  
चीनसँग व्यापार र पारवहनका साथसाथै उर्जा व्यापारको पनि सम्झौता गर्नुपर्नेमा नेताहरुले जोड दिएका एमाले उपाध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो ।  प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले चीन भ्रमणलाई सफल बनाउन सरकारका तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता बैठकमा जनाउनुभएको छ ।