Thaha

Saturday 21 September - 11:50 pm NST

राष्ट्रिय एकताका लागि राष्ट्रिय सरकारको आवश्यक : प्रचण्ड

काठमाडौं, २३ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकताका लागि राष्ट्रिय सरकारको आवश्यक रहेको बताउनुभएको छ । 
क्रान्तिकारी पत्रकार संघ चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले संविधान कार्यान्वयन र पुनर्निर्माणका लागि सबै पार्टीको सहमतिमा राष्ट्रिय सरकार आवश्यक रहेको बताउनुभयो । तर राष्ट्रिय सरकारको नेतृत्व भने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै गर्ने र त्यसमा काँग्रेस पनि आउने उहाँले दावी गर्नुभयो । प्रधानमन्त्रीका लागि आफू आकांक्षी नरहेको प्रचण्डले प्रष्टिकरण दिनुभयो ।
गिरिजाप्रसाद कोइरालाको मृत्युपछि राष्ट्रिय एकता र राजनीतिक स्थिरताका लागि आफूले नेतृत्व लिनुपर्ने अवस्था आएकाले प्रधानमन्त्री, राष्ट्रपति लगायतको लोभ नभएको प्रचण्डको भनाई छ ।